arin enterprises

प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक

SamacharDesk – बिकाश | २०७७ कार्तिक २२, शनिबार

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपसिस्टर्सको युट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ भने चर्चित गायक, संगीतकर्मी मोहिन मुनाले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माको अभिनय रहेको छ भने शुभम भुजेलको कोरियोग्राफी रहेको छ ।

बुद्ध थापाले छायाँकन गरेको दृश्यको सम्पादन विकास धमलाले गरेका छन् ।

अहिले म्यूजिक भिडियो क्षेत्रमा चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।

 

Categorized in पेजथ्री