धिमेय् मय्जुको गीत रेकर्डिङ
SamacharDesk – बिराज | २०७९ फाल्गुण २२, सोमबार

नेपालभाषाको पहिलो बायोपिक चलचित्र ‘इन्दिरा धिमेय् मय्जु’को निर्माण कार्य अगाडी बढेको छ । यसैक्रममा चलचित्रका गीतहरुको रेकर्डिङ सम्पन्न गरिएको छ ।
पकनाजोलस्थित सुर मेलोडी स्टुडियोमा चलचित्रका लागि दुई वटा गीत रेकर्डिङ गरिएको चलचित्रका लेखक साथै निर्देशक सुरेन्द्र तुलाधरले जानकारी दिए । निर्देशक तुलाधरका अनुसार रेकर्डिङ गरिएका दुइटै गीतको शब्द तुलाधर आफैंले लेखेका छन् ।
‘मांबाःया ममताय् छु मगात खः’ बोलको गीतमा संगीत सुरेन्द्र श्रेष्ठको रहेको छ भने संगीत संयोजक जिवित जल्मीले गरेका छन् । स्वर भने सतिश महर्जनले दिएका छन् ।
त्यसैगरी अर्को गीत ‘छलिसे हे मतिना जुल रे’ मा नील शाक्यको संगीतमा भुपेन्द्र बज्राचार्यले संगीत संयोजन गरेका छन् । यस युगल गीतमा गायक पवित्र कसाः र गायिका निशा देसारले स्वर दिएका छन् ।
बिके फिल्म्सको ब्यानरमा बन्न लागेको यो चलचित्रको कथावस्तु धिमेय् गर्ल समेत भनिने भक्तपुर दत्तात्रयकी धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहेको छ ।
चलचित्रमा इन्दिराको भूमिकामा कलाकार रोजिना सुवालले अभिनय गर्दैछिन् ।
साथमा गणेशराम लाछि, नगिना जोशी, राजाराम भाम, देवचन्द्र बज्राचार्य, सिम्रिक श्रेष्ठ र रुपेन्द्र श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
नेपाली चलचित्र क्षेत्रमा केही बायोपिक बनेको भएपनि नेपालभाषाको चलचित्र क्षेत्रमा भने यो नै पहिलो बायोपिक हुनेछ ।
