arin enterprises

नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्न अदालतको आदेश

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ६, शनिबार

स्पेनिस अदालतले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड, ब्रजिलका स्टार फुटबलर नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्नुपर्ने भएको छ । फैसला गरेको छ ।

नेइमारलाई स्पेनिस अदालतले बार्सिलोनालाई ६७ लाख युरो तिर्न आदेश दिएको हो ।

सन् २०१७ को अगस्टमा स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी २८ वर्षीय नेइमार २२ करोड २० लाख युरोमा पिएसजिसँग सम्झौता गरी बार्सिलोना छोडेर पिएसजी गएका थिए ।

नेइमार पिएसजी गएपछि बार्सिलोनाले आफुमाथी धोका भएको भन्दै मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा फैसला गर्दै स्पेनको अदालतले नेइमारले ला लिगा क्लब बार्सिलोनालाई ६७ लाख युरो तिर्न आदेश दिएको हो । 

नेइमारले बार्सिलोना छाडेपछि ४ करोड ३६ लाख युरो लोयल्टी बोनस माग गर्दै स्पेनिस अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले भने नेइमारले नै उल्टो बार्सिलोनालाई रकम बुझाउनु पर्ने फैसला गरेको हो ।

बार्सिलोनाले अदालतको फैसलाको स्वागत गरेको छ । तर नेइमारले यो फैसलाविरुद्ध पुनरावदेन दिन पाउनेछन् ।

उनले सन् २०१७ मा विश्व फुटबलको सर्वोच्च संस्था फिफामा बोनसको विषयमा उजुरी गरेका थिए । तर उनको उजुरीमा फिफाले हालसम्म कुनै निर्णय गरेको छैन ।

उजुरी लगत्तै बार्सिलोनाले नेइमारसँग उल्टो ८ मिलियन पाउन्ड फिर्ता लिनका लागि कानुनी प्रक्रिया अघि बढाएको थियो ।

Categorized in स्पाेर्ट्स