सेभिल्ला एथ्लेटिकोसँग २–० ले पराजित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २९, बुधबार

स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रिडले सेभिल्लालाई पराजित गरेको छ ।
खेलमा एथ्लेटिकोले सेभिल्लालाई २–० गोलले पराजित गरेको हो ।
एथ्लेटिकोलाई विजयी बनाउन एन्जेल कोरेरा र साउल निगुइजले एक/एक गोल गरे । खेलको १७ औं मिनेटमा कोरेराले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७६ औं मिनेटमा साउलले एथ्लेटिकोको अग्रता दोब्बर बनाएका थिए ।
गएरातिको खेलपछि शिर्ष स्थानको एथ्लेटिकोले १६ खेलबाट ४१ अंक बनाउँदै अंक दुरीलाई फराकिलो बनाएको छ ।
दोश्रो स्थनको रियल मड्रिडको १८ खेलबाट ३७ अंक भएको छ । समान १८ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तेश्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स