arin enterprises

बार्सिलोनाको इल्चेमाथि फराकिलो जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण १३, बिहिबार

स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इल्चेमाथि जित हासिल गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा इल्चेलाई ३–० गोलले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा कप्तान लियोनेल मेस्सीले दुई गोल गरे भने जोर्डि आल्बाले एक गोल गरे ।

खेलको ४८ औं मिनेटमा कप्तान मेस्सीले नै टिमलाई अग्रता दिलाए भने ६८ औं मिनेटमा उनैले अग्रता दोब्बर बनाए । ७३ औं मिनेटमा जोर्डि आल्बाले टिमका लागि तेश्रो गोल थपे ।

यो खेलपछि लिगको अंक तालिकामा तेश्रो स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ ।

शिर्ष स्थानको एट्लेटिको मड्रिड ५ अंकले अगाडी छ । उसले २३ खेलबाट ५५ अंक जोडेको छ । रियल मड्रिड भने २४ खेलबाट ५२ अंकसहित दोश्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स