ग्रानाडा बार्सासँग ४–० ले पराजित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २६, आइतबार

स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले ग्रानाडालाई नराम्रो हार चखाएको छ ।
बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान न्यूभो इस्टेडियोमा भएको खेलमा ४–० को फराकिलो अन्तरले हराएको हो ।
खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र एन्टोनियो ग्रेजम्यानले दुई दुई गोल गरेका थिए । ग्रेजम्यानले खेलको १२ औं र ६३ औं मिनेटमा गोल गरे भने स्टार खेलाडी लियोनेल मेस्सीले ३५ र ४२ औं मिनेटमा बार्सिलोनाका लागि गोल थपे ।
गएरातिको खेलपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम छ ।
पहिलो स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । उको १५ खेलबाट ३७ अंक छ । १८ खेलबाट ३७ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ ।
सेल्टा भिगो भिल्लारियालसँग पराजित
ला लिगाअन्तर्गत गएरातिकै अन्य खेलहरुमा भिल्ला रियालले सेल्टा भिगोलाई ४–० गोल अन्तरले नै हराएको छ ।
भिल्लाले सबै गोल पहिलो हाफमै गर्यो । भिल्लाका लागि जेरार्ड मोरिनोले ५औं मिनेटमा, मोइ गोमेजले १४, ड्यानी प्यारेजोले १९ र फर्नान्डो निनोले ३१औं मिनेटमा गोल गरेका थिए ।
१८ खेलबाट ३२ अंक जोडेको भिल्ला तालिकाको चौथो स्थानमा छ । ८औं स्थानमा रहेको सेल्टा भिगोको समान १८ खेलबाट २३ अंक रहेको छ ।
हिजो राति नै भएको अर्को खेलमा सेभिल्लाले रियाल सोसिडाडलाई ३–२ ले हरायो ।
सेभिल्लालाई जित दिलाउन युसुफ एन–नेसिरीले ह्याट्रिक गरे । उनले खेलको चौथो, सातौं र ४६औं मिनेटमा गोल गरेका थिए ।
सोसिडाडका लागि डिएगो कार्लोसले ५औं र एलेक्जेन्डर इजाकले १४औं मिनेटमा गोल गरे ।
रियाल मड्रिड र ओसासुनाको खेलमा भने गोलरहित बराबरी भएको छ ।
Categorized in स्पाेर्ट्स