arin enterprises

हुएस्कामाथि बार्सिलोनाको जित

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष २०, सोमबार

स्पेनीस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा बार्सिलोना विजयी भएको छ । खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको हो ।

बार्सालाई जित दिलाउन २७ औं मिनेटमा बार्साका फ्य्राङ्कि डि योङ्गले निर्णायक गोल गरे । यो जितपछि बार्सा १६ खेलबाट २८ अंक बटुल्दै पाँचौं स्थानमै यथावत छ ।

यसैगरी गएराती नै सम्पन्न खेलमा विजय हासिल गर्दै एट्लेटिको मड्रिड शिर्ष स्थानमा फर्किएको छ । खेलमा एट्लेटिको मड्रिडले आलाभेजलाई २–१ ले हराएको हो ।

खेलको ४१औं मिनेटमा गोल गर्दै मार्कस लोरेन्तेले एथ्लेटिकोलाई अग्रता दिलाए । ८४औं मिनेटमा आलाभेजका फिलिपेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको अन्तिम समय ९०औं मिनेटमा लुइस स्वारेजले एथ्लेटिकोका लागि गोल थप्दै टिमको जित सुनिश्चित बनाए ।

यो जितसँगै एथ्लेटिकोले १५ खेलबाट ३८ अंक बनाउँदै शिर्ष स्थान कब्जा गरेको छ । १७ खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड दोश्रो स्थानमा झरेको छ । 

Categorized in स्पाेर्ट्स