बार्साको जितसँगै लियोनल मेसीको नयाँ रेकर्ड
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २८, आइतबार

शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालडोलिडलाई पराजित गरेको छ ।
बिना दर्शक जोसे जोरिल्लामा खेलाइएको खेलमा बार्सिलोनाले रियल भालडोलिडलाई १–० गोलले पराजित गरेको हो ।
खेलको १५ औं मिनेटमा बार्सिलोनाको लागि अर्टुरो भिदालले निर्णायक गोल गरेका थिए । उक्त गोलको लागि अर्जेन्टीनी फुटबल स्टार लियोनल मेसीले पास मिलाएका थिए ।
यो सँगै लियोनल मेसीले नयाँ रेकर्ड कायम गरेका छन् ।
मेसी युरोपकै पाँच शीर्ष लिगको एकै सिजनमा २० भन्दा बढी गोल र २० एसिस्ट गर्ने मेसी दोस्रा खेलाडी बनेका छन् ।
ला लिगाको एकै सिजनमा २० भन्दा बढी गोल र २० एसिस्ट यो भन्दा पहिला कुनै पनि खेलाडीले गरेका थिएनन् ।
यसअघि सन् २००२/०३ को इंग्लिस प्रिमियर लिगमा थेयरी हेनरीले यो रेकर्ड बनाएका थिए । हेनरीले आर्सनलका लागि २४ गोल गर्दा २० एसिस्ट गरेका थिए ।
शनिबारको खेलपछि लिगमा बार्सिलोनाको ३६ खेलमा ७९ अंक रहेको छ भने एक खेल कम खेलेको रियाल म्याड्रिड ८० अंक जोडेर शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स