ला लिगा जुन ११ देखि सुरु हुने भयो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १७, शनिबार

स्पेनिस ला लिगा जुन ११ वाट सुचारू हुने भएको छ ।
स्पेनिस सरकार, ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच ला लिगा जुन ११ बाट गर्ने सम्झौता भएको छ ।
महामारीका बीच सुचारु हुने लिगको पहिलो दिनको डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।
कोरोना महामारीका कारण गत मार्च १२ देखि अनिश्चितकालका लागि ला लिगा स्थगित गरिएको थियो ।
हालको अवस्थालाई मध्यनजर राख्दै यो सिजन १८/१९ जुलाईमा सिध्याउने र नयाँ सिजन १२ सेप्टेम्बरबाट शुरु गर्ने आयोजकहरुको योजना रहेको छ ।
ला लिगाले सुरक्षालाई ध्यानमा राख्दै कडा मेडिकल प्रोटोकल पालना गर्दै लिग खेलाउने तयारी गरेको छ ।
यो खेल खाली रंगशाला हुने र खेलमा स्टाफ र खेलाडीहरुले नियमहरु पालना गर्नु पर्नछ ।
अभ्यास खेल अघि पाँच खेलाडीमा संक्रमण देखिएको थियो ।
ला लिगाका खेलाडीहरुले हालसम्म बढिमा १० जनाको समूहमा प्रशिक्षण गरीरहेका छन् ।
Categorized in स्पाेर्ट्स