रियल मड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओ फाइनलमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २, शुक्रबार

स्पेनिश सुपर कप अन्तर्गत फाइनल खेलमा उपाधीका लागि बार्सिलोनासँग एथ्लेटिको बिल्बाओ भिड्ने भएको छ ।
गए राति ला रोसालेडा मैदानमा भएको दोश्रो सेमिफाइनल खेलमा रियल म्याड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओले बार्सिलोनासँगको उपाधी भिडन्त तय गरेको हो ।
एथ्लेटिकोलाई जित दिलाउन दुवै गोल राउल गार्सियाले गरे । राउलले दुवै गोल पहिलो हाफमै गरेका थिए ।
१८ औं मिनेटमा पहिलो गोल गर्दै राउलले टिमलाई अग्रता दिलाए । ३८ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै राउलले नै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
रियल मड्रिडका लागि ७३ औं मिनेटमा करिम बेन्जिमाले सान्त्वना गोल दिए ।
अब एथ्लेटिको र बार्सिलोनाबीचको उपाधी भिडन्त नेपाली समय अनुसार आउँदो सोमबार रातिको १ः४५ बजे हुनेछ ।
बार्सिलोना पेनाल्टी सुट आउटमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगेको हो ।
Categorized in स्पाेर्ट्स