‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठकै नेतृत्व
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १९, शुक्रबार

नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठले नै नेतृत्व गर्ने भएका छन् ।
शुक्रबार कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितीमा एक कार्यक्रमका बीच विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा कमिसनको नयाँ कार्यसमिति गठन गरिएको हो ।
कार्यक्रममा कमिटीका अध्यक्ष जीवनरामले कमिसनले आम नेपालीमा खेलकुदको महत्त्व र आवश्यकताबारे बुझाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक अभिन्न अङ्ग हुनु पर्दछ’ अध्यक्ष जीवनरामले भने ।
कमिसनका अध्यक्ष विष्णुगोपालले यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउने विविध कार्यक्रमहरु गर्ने बताउनुभयो ।
‘खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन’ कमिसन अध्यक्ष विष्णुगोपालले भने । ‘यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ, कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’
यसअघिको ‘स्पोर्टस अफ अल कमिसन’ का अध्यक्ष पनि विष्णुगोपाल नै रहेका थिए ।
कमिसनले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट पनि यो दिवसलाई अझ प्रभावकारी ढङ्गले मनाउने कार्यक्रम बनाउने विष्णुगोपालले बताएका छन् ।
कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।
Categorized in स्पाेर्ट्स