arin enterprises

लिड्सलाई हराउँदै चेल्सी शीर्षमा

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लिड्स युनाईटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा पुगेको हो ।

चेल्सीको मैदानमा भएको खेलमा अग्रता भने लिड्सले लिएको थियो । प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गर्दै टिमलाई अगाडी बढाए ।

तर यो अग्रता खेलको २७औं मिनेटसम्ममात्रै कायम हुन सक्यो । २७औं मिनेटमा ओलिभर जिरौडले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यस्तै खेलको दोश्रो हाफमा कर्ट जुमाले चेल्सीलाई अगाडी बढाए । ६१औं मिनेटमा जुमाले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समय ९३औं मिनेटमा क्रिश्चियन पुलिसिकले चेल्सीका लागि गोल थप्दै चेल्सीलाई ३–१ को नतिजा सहित जित दिलाए ।

जितसँगै चेल्सीले ११ खेलबाट २२ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा ओगटेको छ । दोश्रो स्थानममा रहेको टोटनह्याम हट्सपरको १० खेलबाट २१ अंक रहेको छ ।

आज हुने खेलमा टोटनह्याम र आर्सनल भिड्दैछन् ।

Categorized in स्पाेर्ट्स