आर्सनललाई हराउँदै टोटनह्याम फेरी शिर्षमा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

इङ्गलिस प्रिमियर लिगको तालिकाको शिर्ष स्थानमा फेरी पनि टोटनह्याम हट्सपरले नै कब्जा जमाएको छ । गएरातिको खेलमा आर्सनललाई हराउँदै टोटनह्यामले फेरी पनि शिर्ष स्थान ओगटेको हो ।
खेलमा टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे । खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए भने पहिलो हाफको अन्तितिर ४६औं मिनेटमा ह्युङ मिन सरले टिमलाई दोश्रो गोल दिए ।
दोश्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन र खेल २–० को नतिजासहित टोटनह्यामको पोल्टामा गयो ।
यो खेलपछि टोटनह्याम ११ खेलबाट २४ अङ्क जोड्दै शिर्ष स्थानमा पुगेको छ भने लिभरपुल पनि समान खेल र अङ्कसहित दोश्रो स्थानमा पुगेको छ ।
११ खेलबाट २२ अङ्कसहित चेल्सी तेश्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स