arin enterprises

ब्राइटन आफ्नै मैदानमा साउथह्याम्पटनसँग पराजित

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा ब्राइटन साउथह्याम्पटनसँग पराजित भएको छ ।

साउथह्याम्पटनले ब्राइटनलाई उसकै मैदानमा भएको खेलमा २–१ ले पराजित गरिदिएको हो ।

खेलको २६औं मिनेट पास्कल ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिए ।

तर ब्राइटनको अग्रता १९ मिनेटसम्म मात्र कायम रहन सक्यो । ४५औं मिनेटमा साउथह्याम्पटनका यानिक भेस्टेगार्डले गोल हान्दै खेललाई बराबरीमा ल्याए ।

खेलको दोश्रो हाफमा ८१औं मिनेटमा ड्यानी इंग्सले साउथह्याम्पटनका लागि दोश्रो गोल थप्दै टिमको जित सुनिश्चित बनाइदिए ।

इंग्सले पेनाल्टीमार्फत गोल गरेका थिए । तर असिस्टेन्ट रेफ्री (भिएआर) को पेनाल्टी दिने निर्णय भने विवादित बनेको छ ।

ब्राइटनलाई हराएसँगै साउथह्याम्पटन ११ खेलबाट २० अंक जोड्दै लिगको तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानमा रहेको टोटनह्याम हट्सपरको ११ खेलबाट २४ अङ्क छ भने दोश्रो स्थानमा रहेको लिभरपुलको पनि समान ११ खेलबाट समान २४ अंक नै रहेको छ ।

तेश्रो स्थानको चेल्सीले पनि ११ खेलबाटै २२ अंक जोडेको छ । त्यस्तै लेष्टर सिटी पनि ११ खेल खेल्दै २१ अंक जोडेर चौथो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स