arin enterprises

लेभान्ते बार्सिलोनासँग पराजित

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

स्पेनिस ला–लिगा फुटबल अन्तर्गत हिजो रातीको खेलमा लेभान्ते बार्सिलोनासँग हारेको छ । बार्सिलोनाले आफ्नै मैदानमा भएको खेलमा लेभान्तेलाई १–० गोलले हराएको हो ।

खेलको ७६ औं मिनेटमा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै ११ खेलबाट १७ अंक जोड्दै बार्सिलोना अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानको रियाल सोसिडाडले १३ खेलबाट २६ अङ्क जोडेको भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि ११ खेलबाट समान २६ अंक नै रहेको छ । १२ खेलबाट २३ अंक जोड्दै रियाल मड्रिड तेस्रो स्थानमा छ ।

१३ खेलबाट २२ अङ्क जोडेको भिल्ला रियल र ११ खेलबाट १९ अङ्क जोडेको सेभिल्ला क्रमशः चौथो र पाँचो स्थानमा छ ।

ला लिगा अन्तर्गत हिजो राती नै सम्पन्न अर्को खेलमा ग्रानाडाले एल्चेलाई पराजित गरेको छ । ग्रानाडाले एल्चेलाई १–० गोलले पाखा लगाएको हो ।

त्यस्तै रियाल सोसिडाडलाई र आईबारले १–१ गोलको बराबरीमा रोक्दा रियाल बेटिस र भिल्लारियालले पनि १–१ गोलकै बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स