arin enterprises

रियल मड्रिडले गर्यो शिर्षको रियल सोसिडाडसँग अंक बराबरी

SamacharDesk – बिकाश | २०७७ पौष १, बुधबार

स्पेनिश ला लिगा अन्तर्गत हिजो रातिको खेल जित्दै रियल मड्रिडले शिर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । हिजो राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई हराउँदै सोसिडाडसँग अंक बराबरी गरेको हो ।

रियलले बिल्बाओमाथि ३–१ गोल अन्तरको शान्दार जित निकालेको हो ।

खेलको पहिलो हाफको अन्ततिर ४६औं मिनेटमा रियलका टोनि क्रुजले गोल गर्दै टिमलाई अग्रता दिए ।

त्यस्तै दोश्रो हाफमा ५२औं मिनेटमा बिल्बाओका एन्डर क्यापाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर करिम बेन्जमाले ७४औं मिनेटमा टिमको लागि गोल थप्दै रियाललाई फेरी २–१ को अग्रता दिए । बेन्जमाले नै फेरी खेलको अन्ततिर ९२औं मिनेटमा फेरी गोल गर्दै रियलको जित सुनिश्चित बनाए ।

खेलको १३औं मिनेटम राउल गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बिल्बाओ १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । हिजोको खेलपछि रियल मड्रिडको १३ खेलबाट २६ अंक भएको छ । शिर्ष स्थानको रियल सोसिडाडको पनि १३ खेलबाट २६ अंक नै छ ।

गोल अन्तरको आधारमा रियल मड्रिड तेश्रो स्थानमा परेको हो ।

दोश्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक नै रहेको छ ।

Categorized in स्पाेर्ट्स