ओलकम्पिक कमिटीअन्तर्गत पिस थ्रु कमिसन गठन
SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस कमिसन’ गठन गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर समेत रहेका नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनको अध्यक्षतामा कमिसन गठन गरिएको हो ।
कमिसन गठनको अवसमार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष साथै संघीय सांसद जीवनराम श्रेष्ठले महामारीको यो समयमा कमिसनले समाजमा सकारात्मक उर्जा प्रवाह गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कमिसनका अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताउनु भयो ।
कमिसनक सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार हुनुहुन्छ ।
यस्तै शुष्मा राजभण्डारी विशेष आमन्त्रित सदस्य हुनुहुन्छ ।
Categorized in स्पाेर्ट्स