मेस्सी पेलेको कीर्तिमानको बराबरीमा
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष ५, आइतबार

बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले फुटबलका सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एकै क्लबबाट खेलेर धेरै गोल गर्ने ब्राजिलका फुटबल सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।
स्पेनिश ला लिगा अन्तर्गत हिजो भ्यालेन्सियासँग भएको खेलमा मेसीले एक गोल गरेका थिए । यो गोलसँगै मेस्सीले बार्सिलोनाका लागि गरेको गोल संख्या पनि ६ सय ४३ पुगेको छ ।
खेलमा पहिलो हाफको ईन्जुरी समयमा मेसीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल भएका हुन ।
मेसीले सन २००५ मा एल्बासिटिसँगको खेलमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।
Categorized in स्पाेर्ट्स