arin enterprises

म्यानसिटीले पाखा लगायो फुल्हमलाई

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ मङ्सिर २१, आइतबार

इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुल्हमलाई हराएको छ । हिजो राती भएको खेलमा म्यान सिटिले फुल्हमलाई २–० ले पाखा लगाएको हो ।

खेलमा सिटिका लागि राहिम स्टर्लिङले ५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए । त्यस्तै २६औं मिनेटमा पाएको पेनाल्टी सट हान्दै केभिन डे ब्रुने सिटिलाई २–० को जित सुनिश्चित बनाए ।

हिजै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३–१ ले हराएको छ ।

खेलमा अग्रता भने वेस्ट ह्यामले लिएको थियो । खेलको ३८औं मिनेत टमस सोउचेकले गोल गर्दै वेस्ट ह्यामलाई अगाडी बढाए ।

तर खेलको दोश्रो हाफमा भने म्यानयुले ३ गोल गर्न सफल भयो भने वेस्टले गोल थप्न सकेन । ६५औं मिनेटमा पाउला पोग्बाले म्यानयुका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए भने मेसन ग्रिनउडले ६८औं मिनेटमा गोल गर्दै म्यानयुलाई २–१ को अग्रता दिलाए ।

मार्कस रासफोर्डले ७८औं मिनेटमा गोल गर्दै म्यानयुलाई ३–१ को नतिजासहितको जित दिलाए ।

यो खेलप५ि म्यानयु १० खेलबाट १९ अङ्क जोड्दै चौथो स्थानमा छ भने पाँचौ स्थानको म्यान सिटिको समान १० खेलबाट १८ अङ्क छ । त्यस्तै लिभरपुल १० खेलबाट २१ अङ्कसहित तेश्रो स्थानमा छ ।

हिजै राती सम्पन्न अर्को खेलमा बर्न्ले र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स