लिभरपुलले हरायो वुल्भ्सलाई, वेस्ट ब्रोममाथि क्रिस्टल प्यालेसको शानदार जित
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजो राती नै भएको खेलमा साविक विजेता लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्समाथि शानदार जीत हात पारेको छ ।
खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई ४–० ले पाखा लगाइदियो ।
लिभरपुलका चर्चित खेलाडीले मोहम्मद सालाहले खेलको २४औं मिनेटमा गोल गर्दै टिलमाई अग्रता दिलाए । त्यसपछि खेलको दोश्रो हाफमा जर्जीनियो वहाल्दमले ५८औं मिनेटमा, जोएल माटिपले ६७औं मिनेटमा गोल गर्दै टिमलाई ३–० को अग्रतामा ल्याए ।
खेल करीब लिभरपुलकै पक्षमा गइसकेकै अवस्थामा वुल्भरह्याम्पटनका नेल्सन सेमेडोले आत्माघाति गोल गदैै लिभरपुलको जीतलाई सुनिश्चित बनाइदिए ।
गएराति भएको अर्को खेलमा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले हराएको छ ।
लेस्टरलाई जित दिलाउन खेलको २४औं मिनेटमा आयोजे पेरेजले र ९०औं मिनेटमा जेमि भार्डिले एक एक गोल गरे । शेफिल्डका लागि ओली म्याकबर्नीले सान्त्वना गोल गरे ।
त्यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ ।
क्रिस्टलका लागि ड्यानिलय फर्लङ्गले एक गोल गरे भने विलफ्रेड जाहा र क्रिश्चियन बेनटेकेले दुई दुई गोल गरे । वेस्ट ब्रोमका लागि कोनोर ग्यालागेरले सान्त्वना गोल गरेका थिए ।
खेलको ३४औं मिनेटमा माथ्युस परेर रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि वेस्ट ब्रोम १० खेलाडीमा सिमित भएको थियो ।
Categorized in स्पाेर्ट्स