म्यानयु लिगको समूह चरणबाटै बाहिरियो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २४, बुधबार

युएफा च्याम्पियन लिगमा म्यान्चेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ ।
लिग अन्तर्गत हिजो राती नै समूह ‘एच’ को खेलमा जर्मनीको आरबी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले पाखा लगाइदियो ।
खेलको दोश्रो मिनेटमै लेप्जिगले अग्रता लिएको थियो । लेप्जिगका जोस एन्जेल तासेन्डेले गोल गर्दै लेप्जिलगलाई अग्रता दिए ।
१३औं मिनेटमा अमादोउ हैदराले लेप्जिगको अग्रता दोब्बर बनाए भने ६९औं मिनेटमा जस्टिन क्लुइभर्टले लेप्जिगलाई तेश्रो गोल दिए ।
खेलको अन्तिम सयमतिर म्यानयुबाट दुई गोल भएपनि हारबाट बच्न सकेन । म्यानयुका लागि ८०औं मिनेटमा ब्रुनो फर्नान्डिजले पेनाल्टीमार्फत र ८२औं मिनेटमा इब्राहिम कोनेटले एक/एक गोल गरे ।
जितसँगै इटालियन फुटबल क्लब लाजियो नक आउट चरणमा प्रवेश गरेको छ भने फुटबल जगतको क्लबको महारथी मानिएको म्यानचेस्टर युनाईटेड समूह चरणबाटै बाहिरिएको छ । खेलमा बराबरी मात्र गर्न सकेको भएपनि म्यानयुले नक आउट चरणमा स्थानमा बनाउन सक्थ्यो ।
गएराति नै सम्पन्न समूह ‘एफ’ को खेलमा लाजियोले बेल्जियमको क्लब ब्रुजसँग २–२ गोलको बराबरी खेलेको छ । समूह एफकै अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले रुसको जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–१ ले पाखा लगायो । डर्टमण्ड यस अघि नै प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ ।
त्यस्तै इंग्ल्याण्डको चेल्सीले रुसको एफसी क्रास्नोडारसँग १–१ गोलको बराबरी खेल्दा स्पेनको सेभियाले फ्रान्सको रेनेजलाई ३–१ ले हरायो ।
समूहका अन्य दई टोली पेरिस सेन्ट जर्मेन र इस्तानबुल बसाक्सेरबीचको खेल भने हिजो हुन सकेन । इस्तानबुलका एकस्टाफलाई म्याच अफिसियलले अपशब्द प्रयोग गरेको भन्दै दुवै टोलीले खेल छाडेका थिए ।
Categorized in स्पाेर्ट्स