टोटनह्यामले क्रिस्टलसँग खेल्यो बराबरी
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत हिजो रातीको खेलमा टोटनह्याम हट्सपर र क्रिष्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ ।
क्रिस्टल प्यालेसले आफ्नै मैदानमा भएको खेलमा शिर्ष स्थानको टोटनह्यामलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
खेलमा अग्रता पाहुना टोली टोटनह्यामले लिएको थियो । खेलको २३औं मिनेटमा गोल गर्दै ह्यारी केनले टिमलाई अग्रता दिलाए ।
८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बाँकि समयमा दुवै टिमले गोल थप्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
फुलहमले रोक्यो लिभरपुललाई
इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुल र फुलहमले पनि बराबरी खेलेको छ । फुलहम र लिभरपुलको खेल पनि १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलमा फुलहमका बबी रीडले २५औं मिनेटमा गोल गरेका थिए भने लिभरपुलका ७९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी गरेका हुन् ।
आर्सनललाई बर्नलेले १–० ले पाखा लगाएको छ । पिएरा एमरिकले ७३औं मिनेटमा गोल गर्दै बर्नलेलाई जित दिलाएका हुन् ।
त्यस्तै लेष्टर सिटीले ब्राइटनमाथि शानदार जित निकालेको छ । लेस्टरले ब्राइटनलाई ३–० गोलले पाखा लगाएको हो ।
लेस्टरका लागि जेम्स म्याडिसनले दुई गोल गरे । म्याडिसनले २७औं र ४४औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै जेमी भर्डिले ४१औं मिनेटमा एक गोल गरे ।
साउथह्याम्प्टनले पनि शेफिल्ड युनाइटेडलाई ३–० गोलले नै पराजित गरेको छ । ह्याम्प्टनका लागि एडम्सले ३४औं मिनेटमा, स्टुआर्ट आर्मस्ट्रङले ६२ औं मिनेटमा र नाथान रेडमन्डले ८३ औं मिनेटमा एक एक गोल गरे ।
लिगको अङ्क तालिका
गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको तालिकामा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको पनि समान १२ खेलबाट २५ अंक नै छ ।
तेश्रो स्थानको लेस्टर सिटीको १२ खेलबाट २४ अंक छ भने समान १२ खेलबाट २३ अंकसहित साउथह्याम्पटन चौथो स्थानमा छ । पाँचौ स्थानको चेल्सीको पनि समान १२ खेलबाट २२ अंक छ ।
Categorized in स्पाेर्ट्स