arin enterprises

वुल्भ्सले हरायो चेल्सीलाई

SamacharDesk – बिकाश | २०७७ पौष १, बुधबार

इङ्गलिश प्रिमियर लिग अन्तर्गत हिजो रातिको खेलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ ।

घरेलु मैदानमा वुल्भर ह्याम्पटनले पाहुना टोली चेल्सीलाई २–१ गोल अन्तरले हराए ।

खेलमा अग्रता चेल्सीले लिएको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो हाफमा ४९औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै चेल्सीलाई अग्रता दिएपनि हारबाट बचाउन भने सकेनन् ।

ड्यानियल पोडेन्सले ६६ औं मिनेटमा र पेड्रो नेटोले खेलको अन्ततिर इन्जुरी समय (९५ औं मिनेट) मा गोल गर्दै वुल्भ्सलाई जित दिलाए ।

म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो वेस्ट ब्रोमले

इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजै सम्पन्न अर्को खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ ।

इल्काय गन्डगांले ३०औं मिनेटमा गोल गरेर म्यान सिटीलाई अग्रता दिए भने ४३औं मिनेटमा वेस्ट ब्रोमका रुविन डायसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बाँकि समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमै सकियो ।

इंग्लीश प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् ।

लिभरपुलले शिर्ष स्थानको टोटनह्याम हट्सपरको सामना गर्न लागेको छ भने आर्सनलले साउथह्याप्टनसँग भिड्नेछ । त्यस्तै लिड्स युनाईटेड र न्युकासल युनाईटेड, लेष्टर सिटी र एभर्टन, फुल्हम, ब्राइटन तथा वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् ।

Categorized in स्पाेर्ट्स