आर्सनललाई हराउँदै म्यानसिटी सेमिफाइनलमा
SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्गलिस फुटबल लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा आर्सनललाई ४–१ ले हराउँदै म्यानसिटी सेमिफाइनलमा पुगेको हो ।
इमिरेट्स स्टेडियममा सम्पन्न खेलको तेश्रो मिनेटमै सिटीका ग्याब्रिएल जिससले टिमलाई पहिलो गोल दिए । ३१औं मिनेटमा आर्सनलका तर्फबाट एलेक्जान्डर लेकाजेटले गोल थपेपछि खेलको पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएको थियो ।
दोश्रो हाफमा थप ३ गोल गर्दै म्यानसिटीले खेल आफ्नो पोल्टामा पार्यो । सिटीका लागि ५४औं मिनेटमा रियाड मेहरेजले, ५९औं मिनेटमा फिल फोडेनले र ७३औं मिनेटमा आयमेरिक लापोर्टेले एक/एक गोल गर्दै टिमलाई जित दिलाए ।
लिग अन्तर्गत अर्को खेलमा ब्रेनफोर्डले न्युकासललाई १–० ले हराएको छ । खेलमा ब्रेनफोर्डका जोसुआ डासिल्भाको गोल निर्णायक बन्यो ।
Categorized in स्पाेर्ट्स