काडिजसँग बार्सिलोना स्तब्ध
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ मङ्सिर २१, आइतबार

स्पेनिस ला लिगा अन्तर्गत हिजो राती भएको खेलमा स्टार फुटबलर लियोनेल मेस्सीको टिम बार्सिलोना पराजित भएको छ ।
हिजोको खेलमा बार्सिलोनालाई काडिजले २–१ गोलले पराजित गरेको हो ।
खेलमा काडिजका लागि एलभारो गिमेनेज र एलभारो नेग्रेडोले गोल गरे भने बार्सिलोनाले काडिजबाटै आत्मघाती गोल सान्त्वनाको रुपमा पाएको हो ।
खेलको आठौं मिनेटमा गिमेनेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५७ मिनेटमा काडिजका पेड्रो अल्कालाले आत्माघाती गोल गरिँदिँदा खेल बराबरीमा आयो ।
६३औं मिनेटमा नेग्रेडोले गोल काडिजका गोल थप्नै टिमलाई २–१ को जित दिलाए ।
हिजो राती नै सम्पन्न अर्को खेलमा सेभिया साविक विजेता रियल म्याड्रिडसँग १–० ले पराजित भएको छ । रियलले सेभियाबाट नै आत्मघाती गोल पाएको थियो ।
सेभियाका बोनोले ५५औं आफ्नै पोस्टमा गोल गरेपछि खेल रियलको पोल्टामा गएको हो ।
त्यस्तै अर्को खेलमा रियल भालडोलिडलाई एट्लेटिको म्याड्रिडले २–० ले पाखा लगाएको छ ।
हिजो रातीको खेलपछि लिगको अंक तालिकामा एट्लेटिको १० खेलबाट २६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल सोसिडाडको ११ खेलबाट २४ अंक छ ।
तेश्रो स्थानको रियल म्याड्रिडको ११ खेलबाट २० अंक छ भने भिल्लारियल पनि समान ११ खेलबाट २० अंक सहित चौथो स्थानमा छ । पाँचौ स्थानको काडिजको १२ खेलबाट १८ अंकसहित पाँचौ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स