क्रिस्टल प्यालेसमाथि लिभरपुलको फराकिलो जित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष ५, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई नराम्रो हार चखाएको छ । घरेलु टोली प्यालेसलाई पाहुना टोली लिभरपुलले ० का विरुद्ध ७ गोलले हराएको छ ।
खेलको तेश्रो मिनेटमै ताकुमी मिनामिनोको गोलबाट लिभरपुलले अग्रता लिइसकेको थियो ।
लिभरपुललाई शानदार जित दिलाउन मोहोमद सालाह र रोबर्टो फर्मिनोले दुई दुई गोल गरे । फर्मिनोले ४४औं र ६८औं गोल गरेका थिए भने सालाहले ८१ र ८४औं मिनेटमा लिभरपुलका लागि गोल थपे ।
यसैगरि सादियो माने र जोर्डन हेन्डर्सनले पनि एक एक गोलको योगदान दिए ।
जितसँगै लिभरपुलले तालिकामा शिर्ष स्थानको पकड बलियो बनाएको छ । लिभरपुलको १४ खेलबाट ३१ अंक छ ।
दोश्रो स्थानमा रहेको एभर्टन ५ अंकले पछाडी छ । उसको समान १४ खेलबाट २६ अंक छ ।
आर्सनल एभर्टनसँग पराजित
प्रिमियर लिग अन्तर्गत हिजो राती नै भएको खेलमा एभर्टनले आर्सनललाई पराजित गरेको छ । एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोली एभर्टनले आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता एभर्टनले लिएको भएपनि गोल भने आर्सनलबाटै पाएको थियो । खेलको २२औं मिनेटमा आर्सनलका रब होल्डिङले आत्मघाती गोल गर्दा एभर्टनले अग्रता पायो ।
३५औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै आर्सनलका निकोलस पेपेले खेललाई बराबरीमा ल्याए ।
तर ४५औं मिनेटमा यरी मिनाले गोल गर्दै एभर्टनको जित सुनिश्चित बनाएका थिए ।
प्रियिमर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराएको छ । खेलको १६औं मिनेटमा राहिम स्टर्लिङले गरेको गोल नं म्यानसिटीको जितको लागि निर्णायक बन्यो ।
त्यस्तै न्युकासल युनाईटेड र फुल्हम बीचको खेलमा १–१ गोलको बराबरी भएको छ ।
खेलमा फुलहमका म्याट रिचिले ४२औं मिनेटमा र ६४औं मिनेटमा न्युकासलका क्यालम विलसनले गोल गरेका थिए । विल्सनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
६२औं मिनेटमा जोसिम एन्डर्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फुलहम १० खेलाडीमा समेटिएको थियो ।
Categorized in स्पाेर्ट्स