कतारी ओलम्पिक कमिटी महासचिव नेपाल आउँदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १६, मंगलबार

कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रासिद जे ए अल्बुनइन नेपाल आउनु हुने भएको छ ।
कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासचिव रासिद बुधबार काठमाडौं आउन लाग्नु भएको हो ।
एक दिने भ्रमणको क्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटवार्ता गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको बताइएको छ ।
टोली बिहीबार स्वदेश फर्कनेछ ।
Categorized in स्पाेर्ट्स