arin enterprises

मेस्सीले तोडे पेलेको कीर्तिमान

SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

फुटबल जगतका स्टार खेलाडी लियोनल मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल सम्राट पेलेको कीर्तिमान तोड्न सफल भएका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् ।

यसअघि कालो हिराका नामले समेत चर्तित ब्राजिलका फुटबल सम्राट पेलेले सान्तोषबाट खेल्दै ६ सय ४३ गोलको कीर्तिमान बनाएका थिए ।

स्पेनिश ला लिगा अन्तर्गत  गएराति रियाल भालाडोलिडसँगको खेलमा एक गोल गर्दै अर्जेन्टाइनी मेस्सीले बार्सिलोनाबाट आफ्नो व्यक्तिगत गोल संख्या ६ सय ४४ पुर्‍याउँदै पेलेको कीर्तिमान तोडेका हुन् ।

योभन्दा अघि गत शनिवार राती भ्यालेन्सिया विरूध्दको खेलमा एक गोल गर्दै मेस्सीले पेलेको कीर्तिमानीको बराबरी गरेका थिए ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलीयन क्लब सान्तोषबाट १९ सिजन खेल्दै ६ सय ४३ गोल गरेर एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड कायम गरेका थिए ।

मेस्सीले बार्सिलोनाबाट १७ औं सिजन खेलिरहेका छन् । मेसीले सन् २००५ मा एल्बासिटी विरूध्दको खेलमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

Categorized in स्पाेर्ट्स