श्रीलंकाका एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २०, सोमबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रुपमा आउट भएका छन् ।
बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाका सदीरा सामाराविक्रमा २४.२ ओभरमा ४१ रनमा आउट भएपछि म्याथ्युजले ब्याटिङका लागि तयार हुँन ढिलाइ गरेका थिए । जसका कारण उनलाई अम्पायरले टाइम आउटको रुपमा आउट गरे ।
यो अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष/महिला) मा पहिलोपटक ’टाइम आउट’ आउट हो।
यसअघि कुनै पनि फर्म्याटमा ६ पटक मात्र टाइम आउट भएको थियो । ती सबै प्रथम श्रेणी क्रिकेटमा भएका थिए ।
सुरुमा म्याथ्युजले आफ्नो हेलमेटको लोताले काम नगरेको बताउँदै थप समय मागेका थिए ।
त्यसपछि उनको स्थानमा अर्का ब्याट्सम्यान समयमै मैदान जान नसक्दा बंगलादेशले विकेटका लागि अपील गरेको थियो । जसका कारण म्याथ्युज कुनै पनि बलको सामना नगरी आउट हुन बाध्य भए ।
म्याथ्युजले बंगलादेशका कप्तान शकिब अल हसनसँग कुरा समेत गरेपनि शकिबले उनको कुरा सुने पनि अपील फिर्ता गरेनन् ।
‘टाइम आउट’ आउट भएपछि म्याथ्युजले निराश हुँदै आफ्नो हेलमेट पछाडि फ्याँकेका थिए ।
Categorized in स्पाेर्ट्स