श्रीलंकामा आँधीका कारण १७ को मृत्यु, भारतमा सतर्कता
SamacharDesk | २०८१ मङ्सिर १६, आइतबार

श्रीलंकामा भारी बर्षापछी आएको आँधीमा १७ जनाको मृत्यु भएको छ ।
आँधीमा घाइते भएका ३० जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट आएको फेंगल’ आँधीका कारण सयौंको घरको छाना उडाउनुका साथै ठाउँ ठाउँमा रुस ढलेकाले बिजुली आपुर्ती र यातायात सेवा समेत अवरुद्ध बनेको छ ।
प्रतिकूल मौसमका कारण आएको आँधीले एकलाख मानिस प्रभावित भएका छन् । आँधी प्रभावितहरु अस्थायी शिबिर बनाई बसेको छन् भने सरकारले उनीहरुका लागि उचित राहतको ब्यबस्था मिलाएको छ ।
प्रतिघण्टा एक सय ५० किलोमिटरको दरले आएको आँधी अझै केही दिन रहने भन्दै श्रीलंकाका नागरिकहरुलाई सचेत तुल्याइएको छ । सो आँधी आज भारत प्रवेश गर्ने मौसमबिदहरुले जनाएका छन् ।
यता बंगालको खाडीमा उत्पत्ति भएको आँधी भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई सतर्क रहन भारत सरकारले आग्रह गरेको छ ।
भारतका धेरै तटीय क्षेत्रहरूमा वर्षा सुरु भइसकेको छ भने तमिलनाडुको महाबलीपुरमका समुद्रमा उच्च छालहरू आएका छन् । प्रदेश सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिने र माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार यो आँधी आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्नेछ ।
फेेंङगल नाम दिइएको उक्त आँधी बंगालको खाडीको दक्षिण–पश्चिमी भागमा, चेन्नईको २१० किलोमिटर दक्षिण पूर्वमा रहेको मौसमबिदहरुले जनाएका छन् ।
यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टा सम्म रहने बताईएको छ ।
उक्त आँधी भारतका बिभिन्न शहरसम्म आउन सक्ने सम्भावना बढेकाले दिल्ली सरकारले सचेतना अपनाउन अपील जारी गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय