arin enterprises

USDF फुटसलमा एसएस सदन विजयी

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपोर्टर | २०८१ भाद्र १२, बुधबार

संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजयी माध्यमिक र आधारभूत तहका छात्रहरुबिच अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ भक्तपुरमा सम्पन्न भएको छ ।

संयुक्त विद्यालय विकास मन्च (ग्क्म्ँ) को आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।

प्रतियोगीतामा चाँगुनारायण नगरपालिका वडा ९ ताथलिको सरस्वति शिक्षा सदन स्कुलले आधारभूत र माध्यमिक तहको दुवै खेल जित्न सफल भएको छ ।

माध्यमिक तहतर्फको फुटसलमा भक्तपुर नगरपालिकाको ग्लीटर फ्युचर स्कुल द्धितीय र पारगान एकेडेमी तृतीय भए । साथै आधारभूत तहतर्फ पारागन एकेडेमीले द्धितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड प्रदान गरे ।

USDF का अध्यक्ष श्रीराम सुवाल र सचिव मुकेश योन्जनले खेलले विद्यार्थीहरु पढाईको बोझबाट मुक्त भई अझ अध्ययनमा रुची बढ्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनुपर्ने बताए ।

Categorized in स्पाेर्ट्स