arin enterprises

स्वयमसेवी रक्तदानमा सरोकारवालाको जोड

SamacharDesk – बिनोद तुलाधर | २०८० जेठ २८, आइतबार

स्वयमसेवी ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न कार्यक्रममा बोल्दै परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका परशुराम दाहालले रगत ब्यबस्थापनमा अस्पतालको भुमिका महत्त्वपूर्ण हुने हुनाले व्यवस्थापनको सवालमा अस्पतालले ध्यान दिएमा सहज हुने विचार राखे ।

केन्द्रीय रक्तसञ्चार सेवाकी पूर्व निर्देशक डा. मनिता राजकर्णिकारले समयमै रगत व्यवस्थापन हुन नसके विरामीको उपचारमा समस्या हुने परिस्थितीलाई ध्यान दिँदै रगतको सहज उपलब्धतामा जोड दिइन् ।

कार्यक्रममा कान्तिपुर अस्पतालका इन्चार्ज टिकाराम मण्डल, बीर अस्पताल हेमाटोलोजी विभागका डा. निरज सिंह, ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) का अध्यक्ष सानुबाबु प्रजापतिलगायतले समय समयमा रक्तदान गर्दै कसैको पनि अकालमा मृत्यु हुन नदिनमा जोड दिँदै आआफ्ना विचार राखेका थिए ।

विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसिशियसन नेपाल (ब्लोदान) र परोपकार प्रशुती गृह तथा स्त्री रोग अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

हरेक वर्ष जुन १४ तारीखका दिन विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाईँदै आएको छ । यसै सन्दर्भ यस वर्षको दिवसको अवसरमा ब्लोदानले विभिन्न संघसंस्थासँगको सहकार्य र सहआयोजनामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

 

Categorized in समाज