arin enterprises

पार्टीको जिम्मेवारीबाट विदा भए पूर्व मेयर स्थापित

SamacharDesk | २०८० श्रावण ३०, मंगलबार

काठमाडौं । नेकपा ९एमाले० को केन्द्रिय सदस्यबाट केशव स्थापित विदा भएका छन ।

स्थापितले हाल पार्टीको जिम्मेवारीबाट विश्राम लिएर नयाँ अनुसन्धानात्मक कार्यमा लाग्ने बताएका छन् । सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो ।

स्थापित पहिलो पल्ट २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए । स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।

२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)सँग पराजित भएका थिए ।  स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए भने कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी दोस्रो भएकी थिइन । बालेनले ६१ हजार ७६७ मत ल्याएरे मेयर जितेका थिए ।

स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो । उहाँहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत हुनुभएको छ ।

Categorized in राजनीति