arin enterprises

इटालीमा आँधी र भीषण वर्षाका कारण चारको मृत्यु

SamacharDesk | २०८० श्रावण १०, बुधबार

इटालीमा आएको आँधी र भीषण वर्षाका कारण चार जनाको मृत्यु भएको छ ।

आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर चार जनाको मृत्यु भएको हो ।

इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्‍याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

पर्लेमा शहर नजिकै रहेको जंगलमा भीषण डढेलो लागिरहेको बेला आएको आँधीले डढेलो विस्तार गर्दा डढेलोबाट पनि घरहरुमा क्षति पुगेको छ ।

आँधीपछि असिनासहितको भारी बर्षा हुँदा मानिसहरु घरभित्रै थुनिन्दा जनजीवन प्रभावित भएको छ ।

आँधीको प्रभाव यातायात र हवाई सेवामा समेत परेको समाचारमा उल्लेख छ ।

Categorized in अन्तर्राष्ट्रिय