arin enterprises

भक्तपुरमा विद्यार्थीहरूलाई मोडर्ना खोप दिइँदै

SamacharDesk – समाचारडेस्क | २०७८ पौष २८, बुधबार

भक्तपुर नगरपालिकाले कोभिड–१९ विरुद्ध मोडर्ना खोप अभियान मङ्गलबारदेखि सञ्चालन गरेको छ ।

उक्त अभियानको पहिलो चरणअन्तर्गत नगरपालिका क्षेत्रका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सो खोप दिन थालेको हो ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्र खोप लगाइने र यसका निम्ति विद्यार्थीहरूले अनिवार्य रूपमा विद्यालयको परिचय पत्र साथमा ल्याउनुपर्ने नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

यसका लागि नगरपालिकाले नगर क्षेत्रका विभिन्न विद्यालय र कलेजहरूमा खोप केन्द्र सञ्चालन गरेको छ ।

Categorized in स्थानीय