भाटभटेनी सुपर मार्केटमा आगलागी
SamacharDesk | २०८० चैत्र ३०, शुक्रबार

काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ।
शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको केही समयमा नै आगो नियन्त्रण लिएको जनाएको छ ।
आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको प्रहरीले बताएको छ ।
Categorized in राष्ट्रिय