arin enterprises

मिस नेवाः र लिटिल मिस नेवाःहरुबाट विद्यार्थीहरुलाई सहयोग

SamacharDesk – विजयरत्न | २०७८ पौष २२, बिहिबार

नेवार महिलाहरुबीच चर्चित सुन्दरी प्रतियोगीता मिस नेवाः र मिस लिटिल नेवाःका विजेताहरुले दोलखा पुगेर त्यहाँका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

मिस नेवाः र मिस लिटिल नेवाःहरुले भीमेश्वर नगरपालिकाका दुईवटा विद्यालयका करीब दुई सय विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका हुन् ।

नेवाः सुन्दरीहरुले भीमेश्वर–२ फूलपास्थित फूलपा प्राथमिक विद्यालयका करिब ७० र वडा १ दामराङस्थित सुन्द्रावती आधारभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई सहयोग प्रदान गरेको हो ।

प्रतियोगीताको आयोजक संस्था नेपलीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष साथै एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त सामग्री वितरण गरिएको जानकारी गराइन् ।

नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पसका अध्यक्ष तथा एमाले नेता मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरलगायतले विद्यार्थीहरुलाई सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।

विद्यार्थीहरुलाई प्रदान गरिएको सामग्रीको लागि नेप्लिज फेसन होम, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघले सहयोग गरिएको थियो ।

कार्यक्रममा हेमा मानन्धरले नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी गराइन् ।

Categorized in पेजथ्री