arin enterprises

ट्राफिक स्वयंसेवक बिरुद्धको रिटमा आज पेशी

SamacharDesk | २०८१ जेठ २०, आइतबार

गृहमन्त्रालयले माफसेलगायत अन्य ट्राफिक नियम मिच्नेलाई कारबाही स्वरुप ट्राफिक स्वयंसेवकको रूपमा खटाउने विरुद्ध सर्वोच्चमा परेको परेको रिटका आज पेशी तोकिएको छ ।

गृहमन्त्रालयले केही दिन अगाडि मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन लगायतका सवारी नियम उल्लंघन गर्नेलाई आर्थिक जरिवानासँगै १ घण्टा स्वयम् सेवक बनाएर परिचालन गर्ने नयाँ नियम कार्यान्वयन गरेको थियो ।

सो ट्राफिक नियम विरुद्ध बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

गृहमन्त्री लामिछानेको निर्णयका आधारमा गणतन्त्र दिवसका दिन मादक पदार्थ सेवनमा कारबाहीमा परेकाहरूलाई स्वयंसेवकको रूपमा सडकमा खटाउने निर्णय सार्वजनिक गर्नुभएको थियो ।

रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुनेछ । इन्सेककले यसअघि नै सो निर्णय मानवअधिकार विरुद्ध भएको भन्दै आपत्ति जनाइसकेको छ ।

Categorized in राष्ट्रिय