arin enterprises

सुरसुधाले संगीतमाफर्त पर्यटन प्रवद्र्धन गर्ने

SamacharDesk – राम डंगोल | २०७८ चैत्र १५, मंगलबार

नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधाले संगीतमार्पmत नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

आज एक कार्यक्रमकाबीच सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुर्‍याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

यी दुबै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् । (पीएफसीएफ)ले सन् २००७ मा ४ महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो ।

यो समूहको विश्वभर २ अर्ब (२ विलियन) बढि फलोअर रहेका छन् । संगीतका माध्यमबाट विश्वबन्धुत्व, चाइचारा, आपसी सहकार्य र जनचेतना अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राख्ने यो समूह (पीएफसीएफ) ले नेपालमा विभिन्न ६ स्थानमा करिब ४ हजार समुदायहरुका बीच मानव वेचखिनविरुद्ध तथा हिला शसक्तिकरणका लागि  संयुक्त राष्ट्रसंघ संघको सहकार्यमा (पीएफसीएफ) र नेपाली संगितकारहरुका सांगितिक भिडियोहरु ओलम्पिक गेममा समेत प्रस्तुत गरिएका छन् ।

यस्तै यो समुहले सांगितिक  क्षेत्रमा नोवल पुस्कार भनेर चिनिले पोलर म्युजिक अवार्ड समेत प्राप्त गरेको छ ।

Categorized in पेजथ्री