सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी
SamacharDesk – विकाश | २०७७ बैशाख १८, बिहिबार

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै सांसद यादवले सांसदद्वय बस्नेत र श्रेष्ठ साथै पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध आयोगमा उजुरी दिएका हुन् ।
आजु पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले बस्नेत, श्रेष्ठ र खनाल विरुघ उजुरी निवदेन दिएका हुन्।
सांसद यादवले निवेदनमा सत्ता र शक्तिका आडमा उनीहरूले आफ्नो ज्यान लिनसक्ने जोखिम अझै रहेको उल्लेख गरेका छन् ।
सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न यादवले माग गरेका छन् ।
अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै यादवले यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिन खोजेका थिए । दुवैतिर जाहेरी दर्ता नभएपछि यादव मानव अधिकार आयोग पुगेका थिए ।
काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए ।
यादवले आफुलाई अपहरण गरेको बताइरहँदा पूर्व प्रहरी महानिरिक्षक खनालले भने यादवकै सहमतिमा उनलाई काठमाडौं ल्याइएको भनेका छन् ।
Categorized in राजनीति