‘सुथसिया निभाः’ गीत कभर प्रतियोगीता हुँदै
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८२ जेठ १०, शनिबार

गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ ।
प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले आज (शनिवार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो ।
नयाँ गायन प्रतिभाको खोजी गर्नुको साथै कला, संगीत क्षेत्रलाई चलायमान बनाइराख्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले संसारभरीमा कुनै पनि भूगोल, वर्ग, समुदाय, क्षेत्रबाट प्रतियोगीतामा भाग लिन सकिने जानकारी दिए ।
‘यो नेपालभाषाको गीत कभर प्रतियोगीतामा नेवार, गैर नेवार मात्र होइन, गैर नेपालीले पनि भाग लिन सकिनेछ । भूगोल, वर्ग, समुदाय आदिको नामबाट कुनै पनि प्रतिभालाई रोकिने छैन’ संयोजक राजोपाध्यायले भने ।
आफ्नो गीतको कभर प्रतियोगीता हुन लागेकोमा गायक श्रेष्ठले खुसी व्यक्त गरे ।
‘मेरो गीतमा यस्तो प्रतियोगीता हुन लागेको मेरो लागि धेरै खुसीको कुरा हो । आयोजक संस्थालाई म धन्यवाद दिन चाहन्छु र सबैलाई प्रतियोगीतामा सहभागी भइदिनु हुन अनुरोध छ’ श्रेष्ठले भने ।
गायक श्रेष्ठकै युट्युब च्यानल Puru Shrestha मा भएको ‘सुथसिया निभाः’ गीतको काराओके ट्राएकमा गीत गाउँदै भिडियो बनाएर प्रतियोगीतामा भाग लिन सकिने आयोजक संस्थाले जनाएको छ ।
आफुले गाएको भिडियो आयोजकलाई ईमेलबाट पठाउन आयोजक संस्थाले आग्रह गरेको छ ।
आउँदो असार ८ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगीतामा समावेश गरिने र प्राप्त भिडियोबाट प्रतिभावान चार गायक छानी गीत रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।
प्रतियाेगीताकाे फेसबुक पेज लिंक
Categorized in पेजथ्री