arin enterprises

“स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त

SamacharDesk – राम डंगोल | २०८१ पौष २३, मंगलबार

नेवाः टिभीबाट प्रसारित लोकप्रिय कार्यक्रम “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त भएको छ ।

समाजमा रहेका प्रतिष्ठित, ख्यातिप्राप्त एवं सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरङ्ग गर्न कार्यक्रमको पहिलो संस्कर कीर्तिपुरस्थित जोशी ननी हेरिटेजमा एक सांगीतिक तथा मायाको चिनो प्रदान गरी सम्पन्न भएको छ ।

कार्यक्रम कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगालेको मुख्य आतिथ्य तथा नेवाः टिभीका अध्यक्ष नविन जोशीको सभापतित्वमा सम्पन्न भएको थियो ।

करिब दुई वर्षसम्म नियमित संचालन भएको कार्यक्रमका प्रस्तोता सज्जु मानन्धरले आफ्नो कार्यक्रमलाई सबै दर्शकहरुले धेरै भन्दा धेरै मनपराइदिएकोले नै विभिन्न आरोह अवरोहका बाबजुद पनि निरन्तर प्रशारण गर्न सफल भएको बताउनुभयो ।

उनले आफ्नो कार्यक्रमका् पहिलो संस्कर सफल पार्न सहयोग पु¥याउनु हुने विज्ञापनदाता, अतिथिहरु तथा दर्शकहरुलाई कृतज्ञता व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा मुख्य अतिथि मेयर डंगोलले सम्वाद कार्यक्रममा आएर अन्तर्वार्ता दिने अतिथिहरुलाई मायाका चिनो प्रदान गर्नुभएको थियो । साथै उहाँ आपूm पनि संगीतप्रेमी भएको भन्दै एउटा सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो ।

निकै सांगीतिक माहोलमा भएको कार्यक्रममा सुरजकुमार मानन्धर, गौतम दास मानन्धर, देवेन्द्र ताम्राकार, सोनी राजभण्डारी, विवेक तामाङ, राजेश श्रेष्ठ, सुमज शाक्य जस्ता गायक गायिकाहरुले आफ्नो सुमधुर स्वरले दर्शकहरुलाई मनोरन्जन गरेका थिए ।

कार्यक्रममा संगीत क्षेत्रका हस्तीहरु पवन जोशी, दिप तुलाधर, जुगल डंगोल, राजु सिंहका साथै साहित्यकार स्नेह सायमी, संचारकर्मी तथा निर्देशक रामकृष्ण खड्गी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य च्याट सोका प्रोडुसर डा. राजु मानन्धरले राखेका थिए भने कार्यक्रमको संचालन गायिका सविना मानन्धरले गरेका थिए । 

Categorized in पेजथ्री