गायिका गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान
SamacharDesk – विजयरत्न | २०८२ कार्तिक २०, बिहिबार
वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान प्रदान गरिएको छ ।
बुधबार काठमाडौं अनामनगरमा सम्पन्न एक विशेष समारोहबीच गायिका गुरुङलाई मिलाप मासिकको कात्तिक अङ्कको आवरण अंकित सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतको उपस्थितीमा सम्मान प्रदान गरिएको थियो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, अग्रज पत्रकार सानु श्रेष्ठ, टिका गोपाल एम क्रियशन अध्यक्ष गीता सिंह, पत्रकार किशन अर्याल, अनुप सिंह लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री




