arin enterprises

भारतले जित्यो दोस्रोपटक आइसिसी टी-२० विश्वकपको उपाधि

SamacharDesk – बिराज | २०८१ आषाढ १७, आइतबार

नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।

बार्बाडोसको केन्सिंगटन ओभलमा गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो ।

यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाका हेन्रीक क्लासेनेल ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्वीटन डि ककले ३९, त्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन जोडे । बलिङमा भारतका हार्दिक पाण्डेयले तीन विकेट लिए ।

अर्सदिप सिंह र जसप्रित बुमराहले दुई दुई तथा अक्षर पटेलले एक विकेट लिए । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनायो ।

कोहलीले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोथेको हो । यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिए ।

मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट झारेको थियो । पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाको उपाधि जित्ने सपना पूरा भएन । भारत र दक्षिण अफ्रिका अपराजित रहदै  फाइनलमा पुगेका थिए ।

यसैबिच भारतलाई टी-२० विश्वकप जिताएपछि विराट कोहली र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

Categorized in स्पाेर्ट्स