ट्याक्टर दुर्घटनामा २ को मृत्यु
SamacharDesk | २०८१ बैशाख २३, आइतबार

डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सुरुडामा शनिबार राती ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा परी धादिङको गजुरी गाउँपालिका–७ं निवासी ट्याक्टर चालक ४० वर्षीय धिरज थापामगर र २७ वर्षीय विष्णु विक रोडाङ गाउँपालिका निवासीको मृत्यु प्रहरीले भएको जनाएको छ ।
दुर्घटना घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो ।
Categorized in समाज