मिस ब्युटीफुल र मिसेस ब्युटीफुलको उपाधी तामाङ र अधिकारीलाई
SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २५, सोमबार
मिस ब्युटीफुल २०२४ को उपाधी सञ्चिता तामाङले जितेकी छिन् ।
गत असार २० गते काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को आठौं संस्करणमा मिस ब्युटीफुलतर्फ तामाङले उपाधीको साथमा मोस्ट ट्यालेन्टको सबटाइटलसमेत जितिन् ।
त्यस्तै बिपना मल्ल फष्ट रनरअप भइन् भने ईश्वरी हमाल ठकुरीले सेकेण्ड रनरअप हुनुको साथै पब्लिक च्वाईस अवार्ड पनि हात पारिन् । जेलिना भट्टराई मोष्ट पपुलर भइन् भने सञ्जिता तामाङ मोष्ट ट्यालेन्ट घोषित भए ।
मिसेस ब्यूटीफुल २०२४ को उपाधी विजया अधिकारीले जितिन् । मिसेस ब्युटीफुलतर्फ रमिता बज्राचार्य फष्ट रनरअप, रितु रौनियार सेकेण्ड रनरअप भइन् भने विजया अधिकारी पब्लिक च्वाईस, मोष्ट पपुलरसमेत बनिन् ।
ग्राण्ड फिनालेमा दुबै समुहका आठ/आठ गरी १६ जना प्रतियोगीको सहभागीता रहेको थियो ।
दक्ष ईन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोले आयोजना गरेको प्रतिष्पर्धाको निर्णायकहरुमा वरिष्ठ अभिनेता सरोज खनाल, यम बराल, गायिका सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोख्रेल र निलम गुरुङ्ग रहेका थिए ।
कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायत पत्रकार विजयरत्न तुलाधर, समाजसेवी खुम बहादुर बस्नेत र मुस्कान पौडेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ लगायतको उपस्थिती रहेको थियो ।
साेही कार्यक्रममा संचार, सामाजिक, उद्योग व्यवसाय, मेडिकल, कला, साहित्य लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
Categorized in पेजथ्री