arin enterprises

तामाङ र नेपालभाषालाई बागमति प्रदेशको कामकाजी भाषाकाे शुभारम्भ घोषणा गरिँदै

SamacharDesk – बिराज | २०८१ बैशाख १७, सोमबार

आउँदो बैसाख २४ गते काठमाडौंमा भव्य समारोहका बीच बागमति प्रदेश सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० शुभारम्भ घोषणा गरिने भएको छ ।

बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समारोहको आयोजना गर्न लागेको छ ।

यसै बीच मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन आमन्त्रण गरेको छ ।

बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य लगायतको टोली गई प्रधानमन्त्री दाहाललाई समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन आग्रह गर्दै पत्र दिएका थिए ।

प्रधानमन्त्री दाहाललाई नेपालीको साथमा नेपालभाषा र तामाङ भाषाबाट पनि लेखिएको पत्र मन्त्रालयले दिएको थियो ।

सो अवसरमा बागमति प्रदेशका कानूनमन्त्री गंगानारायण श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, देय् दबूका निवर्तमान अध्यक्ष नरेश ताम्रकार लगायतको पनि उपस्थिती रहेको थियो ।

पत्र लिँदै प्रधानमन्त्री दाहालले यस किसिमको ऐतिहासिक समारोहमा आफु उपस्थित हुने वचन दिएका थिए ।

उक्त समारोहमा नेवाः साथै तामाङ समुदायबाट उल्लासमय सहभागीता रहने दावी मन्त्रालयले गरेको छ । 

Categorized in राष्ट्रिय