गुरुङ समुदायहरुले “तमू ल्होसार” मनायो
SamacharDesk | २०८० पौष १५, आइतबार

गुरुङ समुदायले आज आइतबार‘तमु ल्हो सार’ पर्व मनाएका छन् ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।
काठमाडौँ उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु ९गुरुङ० समुदायका व्यक्तिहरू आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका थिए ।
यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि–ल्हो को स्वागत गर्दैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउँछन् ।
पुस १५ गतेपछि दिन लामो हुँदै जाने भएकाले यो दिनको महत्व रहेको बताइन्छ । यो पर्वको सम्बन्ध सूर्यको किरणसँग जोडिएको छ ।
गुरुङको बाहुल्य गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते तमु ल्होसार मनाउने गरिएको हो ।
Categorized in राष्ट्रिय