arin enterprises

बालिकालाई जबरजस्ती गर्ने शिक्षक पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २८, बुधबार

म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

भारत दार्जिलिङका हाल म्याग्दीस्थित दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीले गत गत बिहीबार बालिकालाई जबरजस्ती गरेको देखिएको प्रहरीले बताएको छ ।

घटनाको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले क्षेत्रीलाई मंगलबार राति पक्राउ गरेको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

Categorized in अपराध