arin enterprises

को को पुगे त च्याम्पियन्स लिगको अन्तिम आठमा?

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ५, बिहिबार

युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने आठैवटा टिमको टुंगो लागेको छ ।

बुधबार राति भएको अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै अन्तिम आठको टुंगो लागेको हो।

अन्तिम आठमा साविक विजेता वार्यन म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया डर्टमुन्ड, पोर्टो, रियल म्याड्रिड  र पिएसजी  गरि आठवटा क्लबले क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

साविक विजेता जर्मन क्लब वार्यन म्युनिखले इटालियन क्लब लाजियोलाई पछि पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । यस्तै जर्मन कलब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई, स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एटलान्टालाई, इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्ल्याडब्याचलाई, पोर्चुगिज क्लब पोर्टोले इटालियन क्लब युभेन्ट्सलाई,  इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लाइपजिगलाई र फ्रेन्च क्लब पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई हराएर अन्तिम आठमा आ–आफ्नो स्थान पक्का गरेका हुन् ।

अन्तिम आठमा पुग्ने टिमको ड्र अब शुक्रबार हुनेछ ।

 

Categorized in स्पाेर्ट्स